गलकोटमा बाढीले एक घरमा क्षति, दुई घर र एक विद्यालय उच्च जोखिममा
बाग्लुङ | जेठ २५, २०७९
बागलुङः बागलुङको गलकोटमा बाढी पहिराका कारण तीन घरमा क्षति पुगेको छ । गलकोट नगरपालिका–३ को हटिया बजारमा बजारभन्दा माथिबाट झरेको लेदोसहितको बाढीले एक घर पुरिएको छ भने वडा नं ६ मा पहिराका कारण दुई घरमा उच्च जोखिममा परेको वडाध्यक्ष रामप्रसाद कँडेलले जानकारी दिनुभयो ।
सोही वडामा रहेको नवज्योति दुर्गा आधारभूत विद्यालयसमेत बाढीका कारण उच्च जोखिममा परेको कँडेलको भनाइ छ । पहिराले स्थानीय नारायण नेपाली र टीकाबहादुर घर्तीको घरपहिराका कारण उच्च जोखिममा परेको छ । मङ्गलबार साँझदेखि परेको अविरल वर्षाका कारण राति एक्कासी बाढी बजारमा बस्दा आवतजावत ठप्प भएको थियो ।
नगरपालिकाले बन्द रहेको सडक खुलाउने प्रयास गरिरहेको वडा नं २ का अध्यक्ष फमबहादुर खत्रीले जानकारी दिनुभयो । बाढीले स्वास्थ्यचौकी र बजार क्षेत्रमा आवतजावत गर्ने सडक पुरिएको उहाँको भनाइ छ ।
पहिराले कोइराबारी खानेपानी, चरौँदीखोला खानेपानी र देउराली खोला खानेपानीको मुहान तथा पाइपमा क्षति पु¥याउँदा खानेपानी पूर्णरुपमा अवरुद्ध भएको छ । पहिराले गलकोट नगरपालिका वडा नं ६ मा रहेको हटिया मजुवा हुँदै ताराखोला जोड्ने कृषि सडक, नगरपालिकाको कार्यालयदेखि ढले पीपलसम्मको सडकसमेत बाढीले बगर बनाएको छ ।
बाढी, पहिराले ग्रामीण सडकसमेत अवरुद्ध भएका छन् । पानी रोकिएपछि आज बिहानदेखि अवरुद्ध सडक सञ्चालन गराउन थालिएको छ ।
पोखरा - नेपाल पत्रकार महासंघ कास्की शाखाले आफ्नो स्थापनाको ५० औँ वर्ष (स्वर्ण जयन्ती) लाई वर्षभरि नै विविध कार्यक्रमका साथ मनाउने घोषणा गरेको छ । नेपाल पत्रकार महासंघ, कास्कीले बु...
पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ। पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...
राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्। चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...

